काठमाडौं। लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार ललितपुरको सानेपाबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार भट्टमाथि संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो।
संगठित अपराधकै मुद्दामा प्रहरी परिसरको हिरासतमा रहेका झापाका इनम सापकोटाको बयान र कनेक्सनका आधारमा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
“इनम सापकोटाको बयान र कनेक्सन देखिएपछि भट्टमाथि संगठित अपराधको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो,” एसएसपी घिमिरेले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline