कांग्रेस महाधिवेशनमा साढे ३ हजारभन्दा बढी मत गणना हुँदा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

कांग्रेस महाधिवेशनमा साढे ३ हजारभन्दा बढी मत गणना हुँदा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

  • आइतवार, अशोज २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

२५ असोज, २०८३ (११ अक्टोबर, २०२६)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीहरूको जारी मतगणनामा आइतबार अपराह्न ४ बजेसम्म कुल तीन हजार ४३५ मत गणना सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सानेपास्थित केन्द्रीय कार्यालयमा उच्च सुरक्षा र सीसीटीभीको निगरानीमा मतगणना कार्य निरन्तर अघि बढिरहेको छ।

उपसभापति पदको खुलातर्फ दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्यले सुरुवाती अग्रता कायम राख्नुभएको छ। पछिल्लो मतपरिणाम अनुसार भण्डारीले एक हजार ६८६ मत प्राप्त गर्नुभएको छ भने आचार्यले एक हजार ९० मत ल्याउनुभएको छ। अन्य उम्मेदवारहरूमा सुरेन्द्र पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गर्नुभएको छ। समावेशी उपसभापतिमा विनोद चौधरी ८९६ मतका साथ अगाडि हुनुहुन्छ भने उहाँलाई जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रंजित कर्णले २७० र सीता गुरुङले २५१ मत ल्याएर पछ्याइरहनुभएको छ।

महामन्त्री पदको खुलातर्फ दुई सिटका लागि भइरहेको मतगणतामा प्रदीप पौडेल र उदयशमशेर राणाले अग्रता लिइरहनुभएको छ। पौडेलले दुई हजार ५५ मतका साथ फराकिलो अग्रता बनाउनुभएको छ भने राणाले एक हजार १५९ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गर्नुभएको छ। यस्तै, महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला एक हजार ५१७ मतका साथ अगाडि हुनुहुन्छ भने महालक्ष्मी उपाध्याय (डिना) ले एक हजार ३९८ र रीता खनालले २६५ मत प्राप्त गर्नुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ