बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

बूढीगण्डकी बाढीः कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

  • आइतवार, अशोज २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

काठमाडौँ, २५ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गर्नुभएको हो ।

सभापति थापाले आज बिहान आएको बाढीले न्याक्चेत-फिलिम र धादिङ-गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बूढीगण्डकीबाट त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ ।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । उहाँले बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ