नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १२ सैनिक मारिएका थिए ।

स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरलाई धम्की दिएको विषयलाई लिएर गिरोहले बदलाको कारबाही गरेको बताउनुभएको छ ।

आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीलाई बताउनुभयो । उहाँका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो ।

उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित छन् । गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन् ।

अनौपचारिक सुन खानी क्षेत्रका कामदारलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन् । खानीस्थलको नियन्त्रण तथा सुनबाट हिस्सा माग्दै उनीहरूले कामदारमाथि आक्रमण गर्ने गरेको बताइएको छ ।

घटनाबारे एएफपीले सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ