कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताउनुभएको छ ।

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनुभयो ।

“मैले विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइँन, त्यसकारण यो मेरा लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो, यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु,” नेता आङ्देम्बेले भन्नुभयो ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो ।

“पहिला कांग्रेसलाई बूढापाकाहरूको पार्टी भन्ने गरिन्थ्यो, तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ, यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ,” उहाँले भन्नुभयो । नेता आङदेम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ