विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको छः पूर्वराष्ट्रपति भण्डारी

विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको छः पूर्वराष्ट्रपति भण्डारी

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ, १८ असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल ः विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा आज काठमाडौँमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, सङ्घर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्षलाई समेटिएको उल्लेख गर्नुभयो । पुस्तकले उहाँको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र सङ्घर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पु¥याउनुभएको योगदान, उहाँका विचार र नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्याउन सहयोग गर्ने उहाँको भनाइ थियो ।

पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले जिवनमा आफुले भोगेका दुःख, कष्ट, राजनीतिक अनुभवका विषयका आधारमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिनुभयो । लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ