कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्मका शीर्ष नेताहरूको जमघट

कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्मका शीर्ष नेताहरूको जमघट

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

१८ असोज, २०८३ (४ अक्टोबर, २०२६)

काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह भव्य रूपमा सञ्चालन भइरहेको छ। महाधिवेशनको औपचारिक उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर गर्नुभएको छ।

खुलामञ्चमा निर्मित विशेष मञ्चमा आयोजित उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुभएको छ।

यसैगरी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र रेशमलाल चौधरीलगायतका प्रमुख राजनीतिक नेताहरू महाधिवेशन स्थल पुग्नुभएको छ। महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित अतिथि नेताहरूले शुभकामना सम्बोधन गर्ने क्रम सुरु भइसकेको छ। नेपाली कांग्रेसको यो १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ