विधान संशोधन गरी तीन उपसभापति बनाइए उम्मेदवारी दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको तयारी

विधान संशोधन गरी तीन उपसभापति बनाइए उम्मेदवारी दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको तयारी

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

१८ असोज, २०८३ (४ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था गरिए सोही पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ। कांग्रेसको १५औँ महाधिवेशनका क्रममा विधान संशोधन गरेर उपसभापति तथा महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्नेबारे छलफल भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीबारे यो विवरण बाहिर आएको हो।

उहाँ निकट स्रोतका अनुसार पार्टीको विधान संशोधनमार्फत उपसभापतिको संख्या तीन पुर्‍याइएमा आङ्देम्बे उपसभापति पदमा चुनावी मैदानमा उत्रिनुहुनेछ। पूर्वसहमहामन्त्री रहिसक्नुभएका आङ्देम्बे हाल नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारीमा हुनुहुन्छ।

संसदीय दलको नेता बनेपछि १५औँ महाधिवेशनमा उहाँ कुन पदमा प्रतिस्पर्धा गर्नुहुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको थियो। हाल नेपाली कांग्रेसको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। महाधिवेशनले पदाधिकारी संख्या बढाउने निर्णय गरेमा आङ्देम्बेले उपसभापति पदमा आफ्नो दाबी पेस गर्नुहुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ