नेपाली कांग्रेसको १५औँ महाधिवेशन: महाधिवेशन प्रतिनिधिले बासको खर्च आफैँ बेहोर्नुपर्ने, भोजनको व्यवस्था भने भृकुटीमण्डपमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: महाधिवेशन प्रतिनिधिले बासको खर्च आफैँ बेहोर्नुपर्ने, भोजनको व्यवस्था भने भृकुटीमण्डपमा

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

१६ असोज, २०८३ (२ अक्टोबर, २०२६)

काठमाडौँ। आगामी असोज १८ देखि २२ गतेसम्म काठमाडौँमा हुन गइरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूले आफ्नो बसोबासको आर्थिक भार आफैँ बेहोर्नुपर्ने भएको छ। विगतका महाधिवेशनमा आयोजकका तर्फबाट आवासको समेत व्यवस्था हुने गरे पनि यसपटक पार्टीले सहभागी प्रतिनिधिको बसोबास खर्च नबेहोर्ने निर्णय गरेको हो।

आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार महाधिवेशनमा सहभागी हुन देशका १६५ निर्वाचन क्षेत्र, भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिहरूले होटल तथा बसोबासको खर्च आफैँ तिर्नुपर्नेछ। यद्यपि काठमाडौँका विभिन्न क्षेत्रहरू जस्तै सुन्धारा, ठमेल, गौशाला, कलङ्की र नयाँ बसपार्क क्षेत्रका होटलहरूमा सहजीकरणका लागि सहजीकरण समिति र क्षेत्रीय संयोजकहरू तोकिएको छ। विदेशबाट आउने आमन्त्रित पाहुनाहरूका लागि भने केन्द्रीय कार्यसमितिले नै बासको प्रबन्ध गर्नेछ। महाधिवेशनस्थल भृकुटीमण्डपमा असोज १९ देखि २१ गतेसम्म तीन दिन प्रतिनिधिहरूका लागि बिहानको खाजा र दुई छाक भोजनको व्यवस्था भने पार्टीले नै गर्नेछ।

खुल्लामञ्चमा उद्घाटन तथा बन्दसत्र हुने र राष्ट्रिय सभागृह एवम् प्रज्ञा-प्रतिष्ठानमा निर्वाचन प्रक्रिया अघि बढ्ने महाधिवेशनमा कूल ७,७०० प्रतिनिधि सहभागी हुँदै छन्। प्रतिप्रतिनिधि ३,५०० रुपैयाँ दर्ता शुल्क तोकिएकाले दर्ताबाट मात्रै २ करोड ६९ लाख ५० हजार रुपैयाँ संकलन हुनेछ। यसपटकको महाधिवेशनमा डिजिटल माध्यमबाट मात्र प्रचारप्रसार गरिने र उम्मेदवारहरूलाई समेत शहरभरि पम्पलेट नटाँसी डिजिटल बोर्ड र सामाजिक सञ्जाल प्रयोग गर्न निर्देशन दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी