परराष्ट्र नीतिलाई आर्थिक हितसँग जोड्न परराष्ट्रमन्त्री शिशिर खनालको जोड: विदेशस्थित नियोगहरूलाई लगानी र व्यापार प्रवर्द्धनमा सक्रिय बनाइने

परराष्ट्र नीतिलाई आर्थिक हितसँग जोड्न परराष्ट्रमन्त्री शिशिर खनालको जोड: विदेशस्थित नियोगहरूलाई लगानी र व्यापार प्रवर्द्धनमा सक्रिय बनाइने

  • शुक्रबार, अशोज १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

१६ असोज, २०८३ (२ अक्टोबर, २०२६)

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विदेश नीति र कूटनीतिक सम्बन्धलाई राजनीतिक दायरामा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक हित, उत्पादन वृद्धि र समृद्धिको लक्ष्यसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड दिनुभएको छ। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) द्वारा आयोजित ‘चौथो आईडा लेक्चर सिरिज’ मा सम्बोधन गर्दै मन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभएको हो।

‘समृद्ध नेपालका लागि आर्थिक कूटनीति: आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा आफ्नो प्रस्तुति दिँदै मन्त्री खनालले व्यापार विस्तार, वैदेशिक लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणजस्ता आर्थिक प्राथमिकता हासिल गर्न कूटनीतिक माध्यमको प्रभावकारी उपयोग हुनुपर्ने धारणा राख्नुभयो। यसका लागि विदेशस्थित नेपाली नियोगहरूलाई लगानी र व्यापारका सक्रिय प्रवर्द्धकका रूपमा परिचालन गरिने उहाँको भनाइ थियो।

मन्त्री खनालले आर्थिक कूटनीति सरकारको एउटा मन्त्रालयको मात्र नभई निजी क्षेत्र, उद्यमी र गैरआवासीय नेपाली (प्रवासी) समुदायको साझा प्रयासबाट सफल हुने स्पष्ट पार्नुभयो। प्रवासी नेपालीहरूको पूँजी, ज्ञान, सीप र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक रूपान्तरणमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले अन्तर्राष्ट्रिय कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणाम र स्थानीय रोजगारमा रूपान्तरण गर्न समन्वित कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी