अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने

अमेरिकामा जी–२० बैठक, विश्व व्यापारका विषयमा छलफल हुने

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा देखिएको तनावका बीच जी–२० का व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ । बैठकमा चीन, भारत, रुस, जापान, जर्मनी र फ्रान्ससहित विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुँदैछन् । बैठकमा अन्तर्राष्ट्रिय व्यापार, भन्सार शुल्क, औद्योगिक उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले अमेरिकाको व्यापार नीति व्यापारविरोधी नभएको बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न देशले अत्यधिक औद्योगिक उत्पादन क्षमता र बजारसँग सम्बन्धित समान चुनौती सामना गरिरहेका छन् ।

अमेरिकाले चीन, भारत र युरोपेली संघसहित विभिन्न व्यापारिक साझेदारमाथि भन्सार शुल्क लगाएको छ । यसका साथै केही देशमा जबर्जस्ती श्रम र अत्यधिक औद्योगिक उत्पादन क्षमतासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । चीनले भने आफ्नो निर्यातलाई लिएर उठाइएका चिन्तालाई अस्वीकार गर्दै आएको छ । चीनले गुणस्तरीय र प्रतिस्पर्धी मूल्यका वस्तुको निर्यातले विश्व बजारलाई लाभ पुगेको बताउँदै आएको छ ।

यसैबीच, क्यानडा र युरोपेली संघले अमेरिकाबाहेक अन्य देशसँग पनि व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । क्यानडाले खुला, पूर्वानुमान गर्न सकिने र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीप्रति आफ्नो समर्थन दोहो¥याएको छ ।
विश्लेषकहरूले भन्सार नीतिसम्बन्धी मतभेदका कारण बैठकमा महत्वपूर्ण विषयमा सहमति जुटाउन चुनौती हुन सक्ने बताएका छन् ।
जी–२० को अध्यक्षता यस वर्ष अमेरिकासँग रहेको छ । जी–२० मा १९ देशका साथै युरोपेली संघ र अफ्रिकी संघ सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ