झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

गोरखा, १३ असोजः पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ ।

सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन(चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिनुभयो । ‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ । त्यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीहरुलाई पनि समस्या भएको छ । त्यहाँका किसानले उत्पादन गरेको तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ ।

उहाँले भन्नुभयो, “यहाँ पुल नभएपछि अर्को पुल तर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ ।” यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जीप चढेर मन्दिर पुग्ने गर्थे । ‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “यसपटक त यस्तरी बिग्रियो कि, पुल जीप राख्ने ठाउँसमेत छैन”, यसअघि दुई बर्षअघि पनि सो पुल बाढीले क्षति गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी