अमेरिका र इरानबिच मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै छलफल: सात महिना लामो युद्ध अन्त्यका लागि इरानको सातदिने प्रस्तावमा संवाद केन्द्रित

अमेरिका र इरानबिच मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै छलफल: सात महिना लामो युद्ध अन्त्यका लागि इरानको सातदिने प्रस्तावमा संवाद केन्द्रित

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES
iran-america

१३ असोज, २०८३ (२९ सेप्टेम्बर, २०२६)
सात महिनादेखि जारी भीषण युद्ध अन्त्यका लागि अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्ताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानविरुद्ध युद्ध सुरु गरेयता हजारौँको ज्यान गइसकेको छ भने स्ट्रेट अफ हर्मुज अवरुद्ध हुँदा विश्वव्यापी तेल आपूर्ति प्रभावित बनेको छ। यसअघि अप्रिल र जुनमा भएका दुईवटा युद्धविराम सहमति लामो समय टिक्न सकेका थिएनन्।

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा रहनुभएका इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार इरानले प्रस्तुत गरेको सातदिने संशोधित शान्ति प्रस्तावमा वार्ता केन्द्रित रहेको छ। उक्त प्रस्तावमा इरान र लेबननमा जारी सबै प्रकारका सैन्य कारबाही अन्त्य गर्ने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने, तेलमाथिको प्रतिबन्ध र बन्दरगाहको नाकाबन्दी हटाउने सर्तहरू राखिएका छन्। यसको बदलामा इरानले हर्मुज जलडमरूमध्यबाट तेल ट्याङ्करहरूको आवागमन पुनः सञ्चालन गर्न दिने, आणविक कार्यक्रमबारे पुनः वार्ता गर्ने तथा अत्याधिक प्रशोधित युरेनियम नियन्त्रणका विषयमा छलफल गर्न तयार रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सुरुवाती प्रस्ताव अस्वीकार गरेको बताए पनि सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले मध्यस्थकर्ताहरूसँग छुट्टाछुट्टै संवाद गरेको पुष्टि गर्नुभएको छ। इरानले भने अमेरिकाको आधिकारिक र स्पष्ट जवाफ आएपछि मात्र आगामी कदम तय हुने र सर्तहरू पूरा भएपछि मात्रै हर्मुज खुला गरिने अडान दोहोर्‍याएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ