गाजा पट्टीमा आइतबार देखि जारी इजरायली आक्रमणमा कम्तिमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएको अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
पछिल्लो हत्याको पुष्टि गर्दै, एम्बुलेन्स र आपतकालीन सेवाका अधिकारीले गाजा सहरको उत्तरमा अवस्थित तवाम क्षेत्रमा इजरायली सेनाले एक जना प्यालेस्टिनीलाई गोली हानेर हत्या गरेको बताएका छन् ।
अल जजिराले रिपोर्ट गरेअनुसार दक्षिणी गाजाको नासेर अस्पतालमा खान युनूसको केन्द्रमा इजरायली गोली हानाहानबाट अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पुष्टि भएको छ ।
यसअघिको, छुट्टै घटनामा, दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा एउटा अस्थायी शिविरमा ड्रोनले आक्रमण गरेपछि गाजा सहरको पश्चिमी भागमा एउटा गाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणणमा अर्को एक जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।
सेप्टेम्बर २३ मा, इजरायली सेनाले दक्षिणी गाजा सहर खान युनूसमा लक्षित अपरेशनको क्रममा हमासको आर्थिक विभागका प्रमुख मुहम्मद अबु अलवानको हत्या गरेको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालय (पीएमओ)ले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले इजरायली डिफेन्स फोर्स (आइडीएफ) र इजरायली सुरक्षा एजेन्सीको संयुक्त प्रयासमा लक्षित आक्रमण गरिएको बताका छन् ।
खान युनूसमा केही समयअघि आईडीएफले हमास आतङ्कवादी सङ््गठनको आर्थिक विभागका प्रमुख मुहम्मद अबु अलवानको हत्या गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रधानमन्त्री र रक्षामन्त्रीले आईडीएफ र आइएसएको अपरेसन र शत्रुलाई असफल बनाउनको लागि उनीहरूको आक्रामक कारबाहीको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इजरायली नेतृत्वले समूहको नेतृत्व र वित्तीय सञ्जाल विरुद्धको कारबाही गाजामा हमासको अस्तित्व नभएसम्म निर्बाध रूपमा जारी रहने कुरामा जोड दिएको छ ।
“हामी हमासका कमाण्डर र कार्यकर्ताको खोजी जारी राख्नेछौँ, यसको आर्थिक स्रोतलाई लक्षित गर्नेछौँ र यसको आतङ्कवादी पूर्वाधार नष्ट गर्नेछौँ” नेतान्याहु र काट्जले चेतावनी दिए । “हामी हमासलाई आफ्नो शक्तिको पुनर्निर्माण गर्न दिनेछैनौँ, न त हामी गाजामा हमासको अस्तित्व नभएसम्म रोकिनेछौँ,” उनीहरुले थपे ।
अबु अलवानको उन्मूलनले एन्क्लेभमा हमासको आर्थिक पूर्वाधारको बिरूद्ध पछिल्लो उच्च– स्थरको आक्रमणको सङ्केत गरेको छ ।