युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

एजेन्सी ।
युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ । राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गर्नुभएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरियामा पठाइएको खुलासा गर्नुभएको थियो । उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनुभएको थियो । त्यसपछि दक्षिण कोरियाले युक्रेनको कदमप्रति आपत्ति जनाएको हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ सचिव सेओङ घी–होङले युक्रेनी पक्षले गोपनीयता सम्झौता उल्लङ्घन गरी विषय एकतर्फी रूपमा सार्वजनिक गरेको बताउनुभएको छ । युक्रेनी राष्ट्रपतिको प्रेस कार्यालयले कुनै गोपनीयता सम्झौता नभएको जनाएकोप्रति पनि उहाँले आपत्ति जनाउँदै यसले दुई सरकारबीचको विश्वास र मैत्रीपूर्ण सम्बन्धमा क्षति पुर्‍याएको बताउनुभयो ।

युक्रेनले गत वर्षको सुरुआतमा रुसका लागि लडिरहेका उत्तर कोरियाली सेनामध्ये दुई सैनिकलाई पक्राउ गरेको थियो । तीमध्ये एकले आफू १७ वर्षको उमेरमा सेनामा भर्ती भएको र जासुसीसम्बन्धी एकाइमा काम गरेको बताएका थिए । दक्षिण कोरियाका एक सांसदका अनुसार ती सैनिकले दक्षिण कोरियामा ‘सामान्य जीवन’ बिताउन चाहेका थिए ।

इवा वुमन्स युनिभर्सिटीकी प्राध्यापक पार्क वोन–गोनले घटनाको सार्वजनिक खुलासाले उत्तर कोरियामा दक्षिण कोरियाप्रतिको शत्रुता बढाउन सक्ने बताउनुभएको छ । राष्ट्रपति लीले गत जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिनै उत्तर कोरियासँग वार्ताको प्रस्ताव अघि सार्नुभएको छ ।

यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पार्न सक्ने बताइएको छ । दक्षिण कोरियाले हालसम्म युक्रेनलाई घातक हतियार उपलब्ध गराएको छैन, तर उत्तर कोरियाले रुसलाई सहयोग गर्न सैनिक पठाएपछि रक्षात्मक हतियार उपलब्ध गराउने अनुरोधमाथि विचार गरिरहेको थियो ।

क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले घटनाले दक्षिण कोरिया र युक्रेनबीचको विश्वासमा ठूलो धक्का पुगेको बताउनुभएको छ । उहाँका अनुसार विश्वास कमजोर भएपछि घातक वा गैरघातक हतियार उपलब्ध गराउने विषयमा दक्षिण कोरियाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ