ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो ।

युरोस्टाटका अनुसार अगस्टमा ईयूभर व्यावसायिक उडानको औसत वृद्धि २.३ प्रतिशत थियो । स्लोभाकियापछि माल्टामा १२.४ प्रतिशत र इस्टोनियामा ८.३ प्रतिशत वृद्धि भएको थियो। आठ ईयू सदस्य राष्ट्रमा भने उडान संख्या घटेको छ ।

स्लोभाकियाको यातायात मन्त्रालयले उडान वृद्धि हुनुमा ब्राटिस्लाभा–कोसिसे आन्तरिक हवाई सेवा पुनः सञ्चालनलाई प्रमुख कारण मानेको छ । सात वर्ष बन्द रहेको उक्त सेवा गत वर्ष पुनः सञ्चालनमा आएको हो र हाल विज एयरले दैनिक उडान गर्दै आएको छ ।

मन्त्रालयका अनुसार उक्त हवाई सेवाले यात्रु आवागमन बढाउनुका साथै दुवै विमानस्थलमा नयाँ सेवा र थप गन्तव्य विस्तार गर्न सहयोग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ