ट्रम्पसँग युक्रेन र लाल सागरबारे म्याक्रोनको छलफल

ट्रम्पसँग युक्रेन र लाल सागरबारे म्याक्रोनको छलफल

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन–रुस द्वन्द्व र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताउनुभएको छ । न्युयोर्कमा भेटवार्तापछि उहाँले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

म्याक्रोनका अनुसार युक्रेनलाई क्षेप्यास्त्र रोक्ने प्रणालीलगायत रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो । “यो रक्षात्मक उपाय हो”, उहाँले भन्नुभयो ।

लाल सागरको अवस्थाबारे पनि छलफल भएको बताउँदै म्याक्रोनले उक्त क्षेत्र विश्वव्यापी व्यापार र मूल्यका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले ट्रम्पसँगको वार्ता ‘धेरै राम्रो र रचनात्मक’ भएको बताउनुभयो ।

हर्मुजको जलघाँटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल ढुवानी मार्ग बनेको भए पनि यमनका हुथी विद्रोहीका गतिविधिका कारण बाब अल–मन्दब जलघाँटी हुँदै हुने ढुवानी प्रभावित हुँदै आएको छ ।

म्याक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गर्नुभएको थियो । अमेरिका–क्यानाडा व्यापार विवादका कारण दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन् । म्याक्रोनले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ