उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गर्नुभएको छ ।

द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उहाँले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताउनुभयो । राष्ट्रपति लीले सन् २०२५ जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिना उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गर्दै आउनुभएको भए पनि प्योङयाङले त्यसप्रति अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धका बाबजुद आफ्नो कानूनमै आफूलाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्थापित गरेको छ । राष्ट्रपति लीले आणविक हतियारको नयाँ उत्पादन तथा आणविक सामग्रीको आपूर्ति रोक्दै हालको क्षमतालाई सीमित गर्नु महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

तर आलोचकहरूले यस्तो नीतिले उत्तर कोरियालाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्वीकार गर्ने जोखिम रहेको र प्योङयाङले आफ्नो शस्त्रागार नत्यागी प्रतिबन्धमा राहत पाउन सक्ने बताएका छन् ।

यसैबीच उत्तर कोरियाले चीन र रुसबाट महत्त्वपूर्ण सहयोग पाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई तीन पटक भेट्नुभएको थियो । तर सन् २०१९ को हनोई शिखर वार्तामा प्रतिबन्ध राहत र आणविक निशस्त्रीकरणबारे सहमति हुन नसकेपछि दुई देशबीचको कूटनीतिक प्रक्रिया रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ