उत्तरी सागरमा कार्बन भण्डारण सुरु

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण ९सिसिएस० परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ ।

आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताउनुभयो । उहाँका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आइइए० ले सिमेन्ट र स्टिलजस्ता उद्योगबाट हुने कार्बन उत्सर्जन घटाउन सिसिएस प्रविधिलाई उपयोगी उपायका रूपमा लिँदै आएका छन् । यद्यपि, यो प्रविधि जटिल र महँगो मानिन्छ ।

डेनमार्कको पश्चिमी तटबाट करिब २०० किलोमिटर टाढा रहेको ग्रीन्स्यान्डको भण्डारणस्थल निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि छ । परियोजनाको पहिलो चरणमा प्रतिवर्ष चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ । आइएनइओएसले सन् २०३० सम्ममा क्षमता बढाएर वार्षिक ४० लाखदेखि ८० लाख टनसम्म पु¥याउने योजना बनाएको छ ।

कार्बनडाइअक्साइड मुख्यतः डेनमार्कका बायोमिथेन उत्पादन केन्द्रबाट सङ्कलन गरी तरलीकृत अवस्थामा एस्बेर्ज बन्दरगाहबाट जहाजमार्फत भण्डारणस्थलसम्म पु¥याइनेछ ।

युरोपेली सङ्घ (इयु) ले नेट–शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।

यसअघि छिमेकी नर्वेको ‘नर्दर्न लाइट्स’ परियोजनाले सन् २०२५ अगस्टमा समुद्रको पिँधमुनि रहेको चट्टानी तहमा कार्बनडाइअक्साइड भण्डारण सुरु गरेको थियो । इक्विनोर, शेल र टोटल इनर्जीको लगानी रहेको उक्त परियोजनाले दशकको अन्त्यसम्म वार्षिक १५ लाखदेखि ५० लाख टनसम्म भण्डारण क्षमता र्पुयाउने योजना बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ