राष्ट्रसङ्घ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्रीलाई अमेरिकाको भिसा

राष्ट्रसङ्घ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्रीलाई अमेरिकाको भिसा

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

अमेरिका र इरानबिच चलिरहेको युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला अमेरिकी सरकारले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी अधिकारीहरूलाई भिसा उपलब्ध गराएको छ।

बीबीसीका अनुसार अमेरिका प्रवेशको अनुमति पाउने प्रतिनिधिमण्डलमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसमेत समावेश छन्। अमेरिकी विदेश विभागका प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गर्दै राष्ट्रसङ्घको आयोजक मुलुकका रूपमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न इरानी प्रतिनिधिमण्डललाई महासभाको उच्चस्तरीय बैठकमा भाग लिने स्वीकृति दिइएको स्पष्ट पारेका छन्।

तर, भिसा जारी गरिए पनि इरानी प्रतिनिधिमण्डलमाथि कडा यात्रा प्रतिबन्ध लागू हुनेछ। उनीहरूलाई तोकिएको दायराभन्दा बाहिर जान र विलासिताका अमेरिकी वस्तुहरू खरिद गर्न प्रतिबन्ध लगाइएको छ। गत वर्षको तुलनामा यस पटक इरानको प्रतिनिधिमण्डलको आकार निकै सानो बनाइएको अमेरिकी विदेश विभागले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी