ह्यारिस लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

ह्यारिस लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

  • मङ्लबार, भदौ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नुभए आफू दौडमा नउत्रने बताउनुभएको छ । डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतीय दाबेदार मानिनुभएका न्युसमले सिएनएनसँगको अन्तर्वार्तामा ह्यारिस र आफू दुवै उम्मेदवार बने डेमोक्रेटिक मत विभाजित हुने र त्यसबाट रिपब्लिकनलाई फाइदा पुग्ने बताउनुभएको हो ।

सिएनएनका प्रस्तोता जेक टेपरसँगको अन्तर्वार्तामा उहाँले ह्यारिस उम्मेदवार बन्नुभए आफूले प्रतिस्पर्धा नगर्ने स्पष्ट पार्नुभयो । रिपब्लिकनहरूले वर्तमान उपराष्ट्रपति जेडी भान्ससहित सम्भावित उम्मेदवारको पक्षमा मत एकत्रित गर्न सक्ने उहाँको भनाइ छ । दुई डेमोक्रेटिक उम्मेदवारबीचको प्रतिस्पर्धालाई उहाँले पार्टीका लागि ‘पारस्परिक रूपमा सुनिश्चित विनाश’ को अवस्था बताउनुभयो ।

न्युसमले सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनविरुद्ध उम्मेदवारी नदिनुको कारण आफू त्यतिबेला तयार नभएको बताउनुभयो । आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा आफ्ना चार सन्तानको समर्थन पनि महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सन् २०१८ मा क्यालिफोर्नियाको गभर्नर निर्वाचित हुनुभएका न्युसम चार वर्षपछि दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित हुनुभएको हो । सान फ्रान्सिस्कोको मेयर हुँदै गभर्नरसम्म पुग्नुभएका उहाँलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्रेटिक उम्मेदवारका रूपमा हेरिँदै आएको छ ।

यसैबीच, न्युसमले सोमबार सर्वोच्च अदालतको मेल–इन मतदानसम्बन्धी निर्णयको स्वागत गर्नुभएको छ । उहाँले निर्णयलाई लोकतन्त्र, विधिको शासन र संवैधानिक अधिकार प्रयोग गर्न चाहने अमेरिकी जनताका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत २० महिनामा लोकतन्त्रमाथि निरन्तर आक्रमण गरेको आरोपसमेत लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी