युक्रेन-पोल्यान्ड सीमा नजिकै रुसी ड्रोन आक्रमण, पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपेली नेताहरू जोगिए

युक्रेन-पोल्यान्ड सीमा नजिकै रुसी ड्रोन आक्रमण, पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपेली नेताहरू जोगिए

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, पूर्व स्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्ट र पूर्व सीआईए निर्देशक डेभिड पेट्रियससहित युरोपेली सुरक्षा अधिकारीहरू यात्रा गरिसकेलगत्तै युक्रेनको पोल्यान्ड सीमा नजिकैको रेलमार्गमा रुसी ड्रोनले प्रहार गरेको छ। किभमा आयोजित वार्षिक सम्मेलनमा सहभागी भई पोल्यान्डतर्फ फर्किँदै गरेका नेताहरू ओर्लिएको केही समयमै पोल्यान्ड सीमाबाट करिब ५ किलोमिटर टाढा रहेको युक्रेनको याहोदिन स्टेसनमा आक्रमण भएको फाइनान्सियल टाइम्सले जनाएको छ।

आक्रमणअघि नै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घटनापछि प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री जोन्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गर्दै युक्रेनलाई आवश्यक सैन्य सहयोग उपलब्ध गराउन पश्चिमी मुलुकहरूसँग आग्रह गरेका छन्। यस्तै स्विडिस नेता बिल्ड्टले सुरक्षा प्रणाली चुस्त भएकाले ठूलो दुर्घटना टरेको बताएका छन्।

सीमाक्षेत्र नजिकै भएको यस रुसी आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उच्च सुरक्षा अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन् भने पोल्यान्डले आफ्ना लडाकु विमानहरूसमेत परिचालन गरी हवाई सुरक्षा उच्च सतर्कतामा राखेको छ। युक्रेनी विदेशमन्त्री आन्द्रेइ सिबिहाले यस घटनालाई पुटिनको आतङ्क ईयू र नेटोको ढोकामै आइपुगेको भन्दै रुसमाथि थप कडा प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी