भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् ।

एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा एक जनाको शवसमेत फेला परेको छ भने ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विज्ञप्तिमा जनाइएको छ । खोजी तथा उद्धार कार्य अब समुद्रतट आसपास केन्द्रित गरिने भएको छ । समुद्रको तुलनामा तटीय क्षेत्रमा रहेका खोलाको पानी र समुद्री धाराले बगेका व्यक्तिहरू पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजीको क्षेत्र परिवर्तन गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुर्घटना तीव्र हावा र खराब समुद्री अवस्थासम्बन्धी चेतावनीलाई बेवास्ता गर्नु तथा डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिनुजस्ता लापरवाहीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भानुआटुको मौसम विज्ञान सेवाले डुङ्गा यात्रा गरेको दिन तीव्र हावा र उच्च समुद्री छालको चेतावनी जारी गरेको थियो ।

दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु उत्तरी अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा रहेको ८३ वटा टापुहरूको द्वीपसमूह हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी