पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान

पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो ।

टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उनीहरूबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, इराकका विदेशमन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गर्नुभएको थियो ।

दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, क्षेत्रीय घटनाक्रममा जिम्मेवार दृष्टिकोण अपनाउँदै द्वन्द्व थप चर्किन र फैलिन नदिन संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी