भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग

भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

काठमाडौँ, २६ भदौ : एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ ।

उक्त कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्नेगरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएकाले उक्त सहयोग रकम नेपाल सरकारलाई उपलब्ध गराएको बताउनुभयो । साथै यस्तो अवस्थामा राहत तथा पुनःस्थापनामा सहयोग गर्न उहाँले सबैसँग आग्रह पनि गर्नुभयो ।

उक्त कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरूको प्रयासको प्रशंसा पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी