पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

  • बुधबार, कार्तिक १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, १८ कात्तिकः पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ ।

बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ ।

विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ । अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ