नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क लागू: काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीका लागि फरक-फरक दर तय

नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क लागू: काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीका लागि फरक-फरक दर तय

  • आइतवार, कार्तिक १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आजदेखि टोल शुल्क निर्धारण गरी लागू गरेको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीको वर्ग र यात्राको दिशा (काठमाडौं प्रवेश वा बाहिरिने) अनुसार फरक-फरक शुल्क तोकिएको छ।

टोल शुल्कको विवरण यस प्रकार छ:

हलुका सवारीसाधन (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस आदि):

काठमाडौं प्रवेश गर्दा: रु. ६५

काठमाडौं बाहिरिँदा: रु. ६०

मध्यम सवारीसाधन (मिनी बस, मिनी टिपर/ट्रक):

काठमाडौं प्रवेश गर्दा: रु. ११५

काठमाडौं बाहिरिँदा: रु. ८०

भारी सवारीसाधन (बस तथा सिंगल रियर एक्सल भएका ट्रक):

काठमाडौं प्रवेश गर्दा: रु. २६०

काठमाडौं बाहिरिँदा: रु. २००

अति भारी सवारीसाधन (मल्टी एक्सल ट्रक तथा भारी उपकरण):

काठमाडौं प्रवेश गर्दा: रु. ६००

काठमाडौं बाहिरिँदा: रु. २५०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ