मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्।

घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।

उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन्। साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ।

स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ। दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी