जापानी चिप रसायनमा चीनको शुल्क

जापानी चिप रसायनमा चीनको शुल्क

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ ।

अधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत निर्धारण गरिएको छ । गत जनवरीमा सुरु गरिएको अनुसन्धानपछि चीनले यस्तो कदम चालेको हो ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको निर्णयप्रति कडा विरोध जनाउँदै उपाय फिर्ता लिन आग्रह गरिएको बताउनुभयो । जापानले चीनका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिने उहाँले बताउनुभयो ।

चीनको यो निर्णय जापान र चीनबीच ताइवानलगायतका विषयमा पछिल्लो समय देखिएको कूटनीतिक मतभेदका बीच आएको हो ।

चिनियाँ मन्त्रालयले अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्ने समयसीमा तोकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी