रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो ।

उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताउनुभयो । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताउनुभयो ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।

दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ ।

यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी