भारतविरुद्ध पाकिस्तान र टर्कीको गठबन्धन: पाकिस्तानी वायुसेनाको भिडियोमा देखिए घातक टर्किस हतियार र ड्रोन

भारतविरुद्ध पाकिस्तान र टर्कीको गठबन्धन: पाकिस्तानी वायुसेनाको भिडियोमा देखिए घातक टर्किस हतियार र ड्रोन

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

पाकिस्तान र टर्कीबीचको सैन्य सहकार्य झन् बलियो बन्दै गएको सङ्केत मिलेको छ। पाकिस्तानी वायुसेना (PAF) ले हालै सार्वजनिक गरेको एक प्रचार सामग्री (प्रोपेगन्डा भिडिओ) मा टर्कीमा निर्मित अत्याधुनिक हातहतियार तथा ड्रोनहरू सार्वजनिक गरिएको छ। पाकिस्तानले हालसम्म यी घातक हतियारहरू आफ्नो सैन्य भण्डारमा समावेश गरिसकेको विषय गोप्य नै राखेको थियो।

‘रक्षा दिवस’का अवसरमा पाकिस्तानी वायुसेनाले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी तयार पारेको उक्त भिडिओमा भारतविरुद्ध दुष्प्रचार गरिनुका साथै टर्कीका विभिन्न अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको छ।

कोरकुट ३५ (Korkut 35mm): टर्कीको रक्षा कम्पनी ASELSAN ले निर्माण गरेको यो ‘सेल्फ-प्रोपेल्ड सर्ट रेन्ज एयर डिफेन्स सिस्टम’ हो। प्रतिमिनेट ११ सय राउन्ड फायर गर्न सक्ने क्षमता भएको यो ३५ एमएम ट्विन क्यानन गनले करिब ४ किलोमिटरसम्मको दूरीमा रहेका दुश्मनका हवाई हमलालाई नष्ट गर्न सक्छ। यसलाई मुख्य गरी स्थलसेना र सैन्य टोलीलाई हवाई आक्रमणबाट सुरक्षा दिन डिजाइन गरिएको छ।

साहिन ४० एमएम (Sahin 40mm): यो टर्की निर्मित आधुनिक काउन्टर-ड्रोन सिस्टम हो, जसको प्रयोग ड्रोन आक्रमणलाई विफल पार्न गरिन्छ।

बायराक्तार ड्रोनहरू: टर्कीका चर्चित बायराक्तार एकेएनसी (Bayraktar AKINCI) र बायराक्तार टिबी-२ (Bayraktar TB2) ड्रोनहरू पनि पाकिस्तानी वायुसेनाको हतियारका रूपमा प्रस्तुत गरिएका छन्।

भारतसँगको भिडन्तमा टर्कीको सहयोग
यसअघि सन् २०२५ मे महिनामा भारत र पाकिस्तानबीच भएको सैन्य मुठभेटका क्रममा पनि पाकिस्तानले टर्किस ड्रोनको प्रयोग गरेको दाबी गरिएको थियो। भारतमा भएका ड्रोन आक्रमणका भग्नावशेष परीक्षण गर्दा टर्कीको ‘एसिसगार्ड सोङ्गर’ (Assisguard Songar) ड्रोन पहिचान भएको भारतीय पक्षको भनाइ थियो।

भारतीय सेनाका उच्च अधिकारीहरूका अनुसार पाकिस्तानलाई भारतविरुद्धको सैन्य कारबाहीमा चीनका साथै टर्कीले पनि ठूलो परिमाणमा सैन्य तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी