नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।

दिल्ली विश्वविद्यालय परिसरनजिकैको विद्यार्थी आवास क्षेत्रको भवन आइतबार भत्किएको हो । प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा उद्धार कार्य गरिरहेका छन् । मुख्यमन्त्री रेखा गुप्ताका अनुसार १२ जनालाई भग्नावशेषबाट उद्धार गरिएको र छ जना घाइते भएका छन् । करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ ।

करिब ५५ वर्ष पुरानो भवनमा मर्मतसम्भार भइरहेको थियो । प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा पानी जम्नु तथा मर्मतका क्रममा संरचना कमजोर भएकाले भवन भत्किएको हुनसक्ने मुख्यमन्त्री गुप्ताले बताउनुभयो ।

घटनापछि सरकारले विद्यार्थी आवास, विद्यालय तथा नर्सिङ होमजस्ता सार्वजनिक प्रयोगका भवनमा नियमित संरचनात्मक परीक्षण र सुरक्षा प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ । मनसुनका बेला भारी वर्षाका कारण पुराना भवन भत्किने जोखिम बढ्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी