मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सडकमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्युर्टो रिकोको सान हुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो । त्यसपछि विमान विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो ।
मियामी–डेड काउन्टीका अधिकारीहरूका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु, ३ जना गम्भीर घाइते र २ जना सामान्य अवस्थामा घाइते भएका छन् । विमानका चालक र सहचालक जीवित छन् वा छैनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । मृत्यु हुने सबैजना सवारीसाधनमा रहेका थिए वा अन्यत्र थिए भन्नेबारे पनि खुलेको छैन ।

दुर्घटनापछि विमानबाट बाक्लो कालो धुवाँ आकाशतर्फ फैलिएको थियो । उद्धार प्रमुख रे जदल्लाहका अनुसार चालक र सहचालक विमानको अगाडिको भागमा तथा केही मानिस सवारीसाधनभित्र फसेका थिए । उद्धारकर्मीले एउटा व्यक्तिलाई सवारीसाधनमुनिबाट समेत बाहिर निकालेका थिए ।
दुर्घटनाका कारण मियामी विमानस्थलमा दिउँसोको अधिकांश समय उडान सेवा प्रभावित भएको थियो । करिब २०० जना आपत्कालीन उद्धारकर्मी घटनास्थलमा खटिएका थिए ।

विमानमा ठूलो आगलागी भएको थियो। विमानस्थलका विशेष अग्नि नियन्त्रण टोलीले फोम प्रयोग गरेर आगो नियन्त्रणमा लिएका थिए । दुर्घटनाको केही घण्टापछि पनि विमानबाट इन्धन चुहावट भइरहेको अधिकारीहरूले बताएका छन् ।
विमान सडकछेउमा दुईवटा ठूला मालवाहक ट्रकनजिक रोकिएको थियो । आगलागी भए पनि विमानको अधिकांश संरचना सुरक्षित रहेको देखिएको छ ।

दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । मौसमको अवस्थाले दुर्घटनामा भूमिका खेलेको थियो वा थिएन भन्ने पनि स्पष्ट भएको छैन । राष्ट्रिय मौसम सेवाका अनुसार दुर्घटनाका बेला उक्त क्षेत्रमा मेघगर्जनसहितको वर्षा र प्रतिघण्टा करिब ४८ किलोमिटरसम्मको हावाको झोक्का रेकर्ड गरिएको थियो ।

घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी