मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

मेक्सिकोको मध्य क्षेत्रमा पर्ने मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका पड्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।
राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति करिब साढे ९ बजे स्थानीय समयअनुसार एउटा चर्चमा उक्त विस्फोट भएको हो । विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए ।
घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो । घाइतेहरूलाई उपचारका लागि आसपासका अस्पतालमा लगिएको छ ।

घटनापछि उद्धार तथा सुरक्षाका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीको जाँच गरी थप जोखिम हुन नदिन विशेषज्ञमार्फत त्यसलाई सुरक्षित रूपमा निष्क्रिय पार्न आवश्यक सुझाव दिइएको अधिकारीहरूले बताएका छन् ।
घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी