रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पका विशेष दूत र कुश्नरद्वारा पुटिनसँग ३ घण्टा छलफल

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पका विशेष दूत र कुश्नरद्वारा पुटिनसँग ३ घण्टा छलफल

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

काठमाडौँ। रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ३ घण्टा लामो वार्ता गरेका छन्।

मस्कोस्थित क्रेमलिनमा भएको उक्त भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग विस्तृत छलफल गरेको अमेरिकी अनलाइन ‘एक्सियस’ले जनाएको छ। जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि वार्ता पुनः सुरु गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो।

अमेरिकी प्रतिनिधिमण्डल मस्कोको छलफलपछि आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छ। उनीहरूको किभ भ्रमणलाई सुरक्षित बनाउन रुस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न (अस्थायी युद्धविराम गर्न) सहमत भएका छन्।

वार्ताको सुरुवातमा राष्ट्रपति पुटिनले रुस-युक्रेन मध्यस्थतामा अमेरिकी प्रयासप्रति आफूलाई पूर्ण विश्वास रहेको बताएका थिए। उनले अमेरिकी टोलीको भ्रमणका क्रममा वार्ताको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाए। रुसी निर्णयअनुसार शनिबार राति मस्को समयअनुसार मध्यरातदेखि हवाई आक्रमण रोक्ने निर्णय लागू भएको छ।

विशेष दूत विटकफले अमेरिकी पूर्वमरीन रोबर्ट गिलम्यानलाई रुसले रिहा गरेकोमा र किभ भ्रमणका क्रममा हवाई आक्रमण रोक्न सहमत भएकोमा पुटिनप्रति आभार व्यक्त गरे।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकी अधिकारीहरूको यो युक्रेन भ्रमण अहिलेसम्मकै उच्चस्तरीय मानिएको छ। वार्तापछि पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकभले अमेरिकी प्रतिनिधिहरूले युद्धको शीघ्र अन्त्यका लागि सम्भावित समाधानका ठोस विचारहरू प्रस्तुत गरेको जानकारी दिए।

ह्वाइट हाउसका अनुसार उक्त बैठकमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्, विदेश मन्त्रालय र अर्थ मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए। आगामी चरणका ठोस योजनाहरूबारे आगामी केही सातामा घोषणा गरिने र किभमा हुने वार्ता पनि मस्कोजस्तै फलदायी हुने अपेक्षा अमेरिकाले लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी