भोटेकोसी बाढीः नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदको विदेशमन्त्री रुबियोलाई आग्रह

भोटेकोसी बाढीः नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदको विदेशमन्त्री रुबियोलाई आग्रह

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

काठमाडौँ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यलाई अझ तीव्र बनाउन २७ जना अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेख्दै सहायता बढाउन आग्रह गरेका छन्।

सीएनएनका अनुसार दुवै प्रमुख दल (डेमोक्रेटिक र रिपब्लिकन) का प्रतिनिधिहरूले संयुक्त रूपमा विदेशमन्त्रीलाई पत्र पठाउँदै बेलायत, दक्षिण कोरिया, भारत र चीनजस्ता मुलुकहरूले सहायताको प्रतिबद्धता जनाइसकेको सन्दर्भमा अमेरिकाले पनि सहयोगको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई आपतकालीन खाद्य सहायतासहित ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराइसकेको जनाएको छ। तर, सांसदहरूले भने नेपालमा तत्काल विपद् सहायता प्रतिक्रिया टोली (DART) खटाउन र सहयोग थप विस्तार गर्न माग गरेका छन्।

सांसदहरूले बाढीपछि ७५ जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको भन्दै उनीहरूको अवस्थाबारे परिवार र कंग्रेसलाई दैनिक अध्यावधिक गराउनसमेत भनेका छन्। हराइरहेकाहरूको खोजीका लागि थर्मल तथा इन्फ्रारेड ड्रोनजस्ता आधुनिक प्रविधि प्रयोग गर्न अन्तर-एजेन्सी तथा निजी क्षेत्रसँग समन्वय गर्न पत्रमा आग्रह गरिएको छ।

यसैगरी, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल र चीनका विपद् व्यवस्थापन अधिकारीहरूसँगै अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्न, आपतकालीन सहायता द्रुत गतिमा वितरण गर्न तथा भविष्यमा हुने प्रकोप सहन सक्ने गरी भौतिक पूर्वाधार र पुनर्निर्माणमा नेपाललाई दीर्घकालीन सहयोग उपलब्ध गराउनसमेत अमेरिकी सांसदहरूले ध्यानाकर्षण गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी