तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोटः इरानी मिडिया

तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोटः इरानी मिडिया

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही दिन पछि शनिबार खाडीे देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन् ।

फार्स समाचार एजेन्सीले धेरै विस्फोटको आवाज सुनेको तर त्यहाँ धुवाँ नदेखिएको जनाएको छ भने, एसएनएन समाचार एजेन्सीले टापु नजिकै अमेरिकाले इरानी ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी वा इरानी अधिकारीहरूबाट हाल सम्म कुनै आधिकारिक टिप्पणी नआएको जनाइएको छ ।

युद्ध सुरु भएको छ महिना पछि युद्धरत देशहरु बीचको लडाइँ गत आइतबार इरानमाथि अमेरिकी आक्रमणको साथ पुनः सुरु भएको जनाइएको छ । अमेरिकी आक्रमण पछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यहरूमा जवाफी आक्रमण जारी राखेको जनाइएको छ ।

इरानले बिहीबार आफ्नो सशस्त्र बलले कुवेत र संयुक्त अरब इमिरेट्सका अवस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको छ भने विवाह समारोहमा भएको नागरिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ ।

वासिङ्टनले इरानी बन्दरगाहहरूको प्रति–अवरोध कायम राख्दै गर्दा इरानले जहाजहरूको बाटो अवरुद्ध गर्दै, दुवै पक्षले रणनीतिक स्ट्रेट अफ होर्मुजको नियन्त्रणका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी