सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।

शुक्रबार बिहान भएको अर्को घटनामा डिलिङ सहरमा उक्त समूहका लडाकुले गरेको तोप प्रहारबाट एक बालकसहित पाँच जनाको मृत्यु भएको र अन्य घाइते भएको संस्थाले जनाएको छ ।
सुडान डक्टर्स नेटवर्कले डेबी र लुवैरीमाथिको आक्रमणको निन्दा गर्दै यो अगस्टको अन्त्यमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको जनाएको छ । संस्थाले सर्वसाधारणलाई लक्षित गरिएको आरोपसमेत लगाएको छ ।

डेबीस्थित एक ग्रामीण अस्पतालका चिकित्सकीय स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार अस्पतालमा २० भन्दा बढी शव र ११ जना घाइते ल्याइएको थियो । मानवीय अवस्था थप बिग्रने आशंकामा सर्वसाधारणले क्षेत्र छाडिरहेका छन् ।
डिलिङमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार आवासीय क्षेत्रमा तोपका गोला प्रहार हुँदा करिब पाँच सर्वसाधारणको मृत्यु भएको र सातभन्दा बढी घाइते भएका छन् ।

लगाइएका आरोपबारे सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थले कुनै प्रतिक्रिया दिएको छैन । सन् २०११ मा स्थापना भएको उक्त समूहले दक्षिण कोर्डोफान र ब्लु नाइल राज्यका केही क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।

सुडानका कोर्डोफान राज्यहरूमा सरकारी सेना तथा अर्धसैनिक र विद्रोही समूहबीच लामो समयदेखि संघर्ष हुँदै आएको छ । सन् २०२३ अप्रिलमा सुरु भएको व्यापक द्वन्द्व अहिले चौथो वर्षमा प्रवेश गरिसकेको छ । यस द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस देशभित्र र बाहिर विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी