इरान युद्ध र हतियार अभावको सूचना चुहावटपछि पेन्टागनमा हड़कम्प: संयुक्त सैन्य स्टाफका ५० अधिकारीको पोलिग्राफ परीक्षण

इरान युद्ध र हतियार अभावको सूचना चुहावटपछि पेन्टागनमा हड़कम्प: संयुक्त सैन्य स्टाफका ५० अधिकारीको पोलिग्राफ परीक्षण

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले गोप्य सैन्य सूचना सञ्चारमाध्यममा चुहाएको अभियोगमा संयुक्त सैन्य स्टाफका कम्तीमा ५० जना उच्च सैन्य अधिकारी तथा नागरिक कर्मचारीहरूको ‘लाइ डिटेक्टर’ (पोलिग्राफ) परीक्षण गराएको छ। इरानसँग जारी युद्ध लम्बिँदै जाँदा अमेरिकाको हतियार भण्डार, विशेषगरी लामो दूरीका क्षेप्यास्त्र र प्याट्रियट इन्टरसेप्टरको मौज्दात घट्दै गएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएपछि पेन्टागनले सूचना चुहाउने व्यक्तिको खोजी सुरु गरेको हो।

‘द न्युयोर्क टाइम्स’ का अनुसार गत अगस्टमा गरिएको यस परीक्षणका क्रममा अनुसन्धानकर्ताहरूले अधिकारीहरूसँग पत्रकारहरूलाई वर्गीकृत सूचना उपलब्ध गराए/नगराएकोबारे कडा सोधपुछ गरेका थिए। विश्वभरका अमेरिकी सैन्य अभियान र रणनीतिक योजना समन्वय गर्ने करिब १५ सयदेखि २० सय कर्मचारी कार्यरत संयुक्त सैन्य स्टाफमा यति ठूलो सङ्ख्यामा र उच्च तहका अधिकारीहरूमाथि पोलिग्राफ प्रयोग गरिएको घटनालाई अमेरिकी नौसेनाका पूर्व शीर्ष न्यायाधिवक्ता रियर एडमिरल डोनाल्ड जे. गुटरले अमेरिकी सैन्य इतिहासमै अभूतपूर्व भनेका छन्।

अनुसन्धानबारे जानकार अधिकारीहरूका अनुसार सूचना चुहाउनेको पहिचान गर्नुका साथै भविष्यमा अन्य अधिकारीहरूलाई मिडियामा सूचना दिनबाट रोक्न मनोवैज्ञानिक दबाब सिर्जना गर्न यो कदम चालिएको हो। पेन्टागनका प्रवक्ता सियन पार्नेलले आन्तरिक अनुसन्धानबारे विस्तृत टिप्पणी गर्न अस्वीकार गरे पनि सैनिकहरूको सुरक्षाका लागि वर्गीकृत सूचनाको संरक्षण गर्नु पेन्टागनको पहिलो प्राथमिकता रहेको र राष्ट्रिय सुरक्षा चुहावटलाई गम्भीरताका साथ लिइने बताएका छन्।

यस कदम पछाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अडान र रक्षा सचिव पिट हेगसेथको कार्यशैली प्रमुख कारक मानिएको छ। राष्ट्रपति ट्रम्पले हतियार अभावबारे बाहिरिएका समाचारलाई ‘देशद्रोही’ को संज्ञा दिँदै कडा अनुसन्धानको निर्देशन दिएका थिए। रक्षा सचिव हेगसेथले जिम्मेवारी सम्हालेयता पेन्टागनभित्र अविश्वासको वातावरण बढेको छ, जहाँ उनले कम्तीमा ८० जना शीर्ष जनरल तथा एडमिरलहरूलाई जिम्मेवारीबाट हटाएका वा बढुवा रोकेका छन्। हेगसेथ आफैँ पनि विगतमा ‘सिग्नल’ एपमार्फत संवेदनशील सैन्य विवरण साझा गरेको विवादमा परेका थिए भने उनले गत मे ५ यता पेन्टागनमा कुनै औपचारिक पत्रकार ब्रिफिङ गरेका छैनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी