पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको भ्रष्टाचार विरोधी प्रमुख निकायले शुक्रबार सन् २०१३ को एयरबस विमान खरिदसम्बन्धी भ्रष्टाचार अनुसन्धानका लागि पक्राउ गरेको छ ।
भ्रष्टाचार वा भ्रष्टाचारको आरोप छानबिन गने निकाय सियाबोकले भनेको छ, “कुनै समय शक्तिशाली राजपाक्ष परिवारका ४० वर्षीय उत्तराधिकारीलाई ‘एयरबस कारोबारबारे सोधपुछका लागि बोलाइएको’ थियो।
“सांसद नमललाई अनुसनधानका लागि न्यायाधीश (मजिस्ट्रेट) समक्ष उपस्थित गराइने आयोगका एक अधिकारीले बताए ।
राजपाक्षले कुन आरोपको सामना गरिरहेको भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।
उनका वकिल निशान्त दयानन्दले विवादास्पद २.३ अर्ब डलरको सम्झौतामाथिको पक्राउ पुष्टि गर्दै यो मुद्दालाई २०१६ मा नयाँ सरकारले रद्द गरेको थियो ।
सियाबोकले मे महिनामा पूर्वराष्ट्रपति राजापाक्षलाई पनि विमान खरिद गर्दा घुस लिएको आरोपमा सोधपुछ गरेको थियो।
युरोपेली निर्माताले खरिदबाट आएको पैसाको केही हिस्सा वरिष्ठ श्रीलङ्काली अधिकारी र राजनीतिज्ञहरूलाई दिएको दाबीमा भ्रष्टाचार अनुसन्धान केन्द्रित छ ।
राजपाक्ष परिवारले उनीहरूले घुस लिएको आरोप अस्वीकार गरेका छन् र आफूविरुद्धका भ्रष्टाचारका दाबीहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।
श्रीलङ्काको एयरलाइन्सका पूर्व कार्यकारी प्रमुख कपिला चन्द्रसेनाले मार्चमा अनुसन्धानकर्ताहरूसँगको वयानमा राजपाक्षलाई झन्डै पाँच लाख डलर घुस दिएको बताइएको थियो ।
मुद्दामाथि अनुसनधानका लागि पुनः पक्राउ हुने हल्ला चलिरहेका समय चन्द्रसेना मे महिनामा आफन्तको घरमा मृत भेटिनुभएको थियो । मृत्युको कारण भने पुष्टि हुन सकेकोे छैन ।
घोटाला सार्वजनिक हुनुअघि अमेरिकी, बेलायती र फ्रान्सेली अधिकारीहरूको संयुक्त अनुसन्धानले यसपहिले एयरबसले श्रीलङ्कामा करिब एक करोड ६० लाख डलर घुस तिर्न सहमत भएको र त्यसमध्ये १७ लाख डलर चन्द्रसेनालाई दिइएको जानकारी मिलेको बताएका थिए ।
भुक्तानीहरू १० वटा एयरबस विमान खरिदसँग जोडिएका थिए, जसका लागि सन् २००५ देखि सन् २०१५ सम्म राजपाक्षको राष्ट्रपतित्वकालमा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक थियो ।
अदालतमा पेश गरिएका दस्तावेज अनुसार चन्द्रसेनाले सुरुमा अनुसन्धानकर्ताहरूसँग भन्नुभएको थियो, “उहाँले सन् २०१३ मा तीन किस्तामा राजपाक्षलाई छ करोड रुपैयाँ (त्यस समयको हिसाबमा चार लाख ६१ हजार डलर) तिर्नुभएको थियो ।”
यद्यपि पछि उहाँले त्यो बयान दबाबमा दिएको दाबी गर्दै फिर्ता लिनुभएको थियो ।
‘श्रीलङकन एयरलाइन्स’ झन्डै दुई अर्ब डलरको घाटामा रहेको समयमा ऋणग्रस्त राष्ट्रिय ध्वजावाहकलाई निजीकरण गर्ने बारम्बारका प्रयासहरू असफल भएका छन् ।