यमनमा झडपमा ८१ लडाकू मारिए

यमनमा झडपमा ८१ लडाकू मारिए

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ ।

लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल–मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।

एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ को युद्धविराम कमजोर बनेपछि पुनः सैन्य तनाव बढेको छ । हुथीहरूले राजधानी सानासहित ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी