भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताउनुभएको छ । उहाँले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै आलोचना गर्नुभयो ।

एएनआईसँग कुरा गर्दै उहाँले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न सक्ने बताउनुभयो । “हामी भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न तयार हुनेछौँ । प्रतिबन्ध र शुल्क लगाउनेहरूले इमानदार सहकार्यको सट्टा दबाबको रणनीति अपनाएका छन्”, उहाँले भन्नुभयो ।

माध्यमिक प्रतिबन्धले रुसी तेलसँग कारोबार गर्ने तेस्रो मुलुकका रिफाइनरी, ढुवानी कम्पनी तथा बैंकलाई समेत प्रभावित पार्न सक्ने उहाँको भनाइ थियो । यस्ता उपायले भारतलाई प्रतिस्पर्धी मूल्यमा रुसी तेल खरिद गर्नबाट रोक्न खोजिएको उहाँले आरोप लगाउनुभयो ।

रुसी तेललाई विश्व बजारबाट अलग गर्ने प्रयास सम्भव नभएको दाबी गर्दै अलिपोभले ऊर्जा बजारले रुसी कच्चा तेलको बहिष्कार धान्न नसक्ने बताउनुभयो । उहाँका अनुसार रुसी तेल भारतलगायत अन्य मुलुकका लागि बजारमा उपलब्ध भइरहनेछ ।

राजदूतको भनाइ अमेरिका र युरोपेली सङ्घ (इयु) लगायत पश्चिमी मुलुकले रुसी ऊर्जा कारोबारमा माध्यमिक प्रतिबन्ध विस्तार गरिरहेका बेला आएको हो । भारतले भने राष्ट्रिय हित, बजारको अवस्था र उपभोक्ता मूल्य स्थिरतालाई आधार बनाएर कच्चा तेल खरिद नीति तय गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी