हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुजको जलघाँटीमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विकल्पबारे विचार गरिरहेको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ । यद्यपि, यसबारे कुनै निर्णय भइनसकेको कार्यालयले स्पष्ट पारेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि पटकपटक दबाब दिँदै आउनुभएको छ । सियोलले यसअघि हर्मुज सुरक्षाका लागि सैन्य सहयोग गर्ने अमेरिकी आग्रह अस्वीकार गर्दै आएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार सम्भावित योगदानमा लडाइँमा सहभागिता, गैरलडाकू भूमिका तथा खोजी अभियानलगायत विकल्पबारे छलफल भएको छ । तर यी विकल्प सामान्य विवरणका रूपमा मात्र प्रस्तुत गरिएका र वास्तविक योगदानबारे निर्णय नभएको कार्यालयले जनाएको छ ।

स्थानीय प्रसारक जेटीबीसीले दक्षिण कोरियाले हर्मुजमा सेना पठाउने विषयमा विचार गरिरहेको र त्यसका लागि संसद्को स्वीकृति लिनुअघि विवरणको समीक्षा गर्ने तयारी गरेको समाचार प्रसारण गरेको थियो ।

अमेरिका र इजरायलले करिब छ महिनाअघि इरानविरुद्ध युद्ध सुरु गरेपछि राष्ट्रपति ट्रम्पले सहयोगी मुलुकबाट सैन्य तथा सुरक्षा सहयोग जुटाउन प्रयास गरिरहनुभएको छ । इरानले रणनीतिक महत्त्वको हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कडा बनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी