कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

  • मङ्लबार, भदौ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

कोलम्बियाकोे विद्रोही नियन्त्रित क्षेत्रमा नवगठित सरकारको आदेशपछि भएको बम आक्रमणमा कोलम्बियामा २० जना छापामारहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले बताउनुभएको छ ।

उहाँले आक्रमणमा २० जना नार्को–आतङ्ककारीहरुको मृत्यु भएको पुष्टि गर्दै पाँच जनालाई पक्राउ गरेको तथा दुई जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्समार्फत जनाउनुभएको हो ।

दक्षिणी कोलम्बियाको ग्वाभियरेमा सोमबार भएको उक्त अपरेसन इभान मोर्डिस्को भनेर चिनिने कोलम्बियाको ‘मोस्ट वान्टेड’ विद्रोहीको कमान्डमा रहेका गुरिल्लाहरू विरुद्धको अपरेसन भएको जनाइएको छ ।

उहाँले लागुऔषध तस्करी, अवैध खनन र जबरजस्ती असुलीबाट वित्त पोषित सशस्त्र समूहहरू विरुद्ध चलाएको सैन्य कारबाहीको क्रममा उनीहरुको मृत्यु भएको बताउनुभएको छ ।

यो आक्रमण अगस्तको सुरुमा भएका गुरिल्लाहरू विरुद्ध दुई घातक हवाई आक्रमणहरू पछिको आक्रमण हो ।

मोर्डिस्को सेन्ट्रल जनरल स्टाफ (इएमसी) विद्रोही समूहका नेता हुन्, जुन दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा सबैभन्दा ठूलो गैरकानुनी सशस्त्र समूहहरू मध्ये एक हो । जसले पछिल्लो दशकमा खराब हिंसाको सामना गरिरहेको छ ।

सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि इएमसी अहिले निष्क्रिय रहेको रिभोलुसनरी आर्मड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) बाट अलग भएको जनाइएको छ ।

फरेन्सिक अधिकारीलगायतका स्रोतहरुले गत हप्ता हवाई आक्रमणमा मारिएका मध्ये चार जना नाबालिग रहेको बताएका छन् ।

सशस्त्र समूहहरूले सामाजिक सञ्जाल अभियानमार्फत बालबालिका र किशोरहरूलाई हिसांत्मक क्रियाकलापमा समावेश गरिरहेको अधिकार समूहहरूले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी