काठमाडौँ, भदौ १५ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट तयार पारिएको एक भिडिओ पोस्ट गरेका छन्, जसमा विशाल तेल संयन्त्रमा ठूलो विस्फोट र आगलागी भएको देखिन्छ। ट्रम्पले उक्त भिडिओसँगै ‘खार्ग टापु पूर्ण रूपमा ध्वस्त पारिँदै छ’ भन्ने क्याप्सन लेखेका छन्।
अमेरिका र इरानबिच सैन्य तनाव चरम विन्दुमा पुगेका बेला यो भिडिओ सार्वजनिक भएको हो। हालै अमेरिकी सेनाले लाराक टापुमा रहेका दुई इरानी मिसाइल प्रक्षेपकलाई लक्षित गरी आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानको रिभोलुसनरी गार्ड्सले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा मिसाइल र ड्रोन प्रहार गरेको थियो।
फारसी खाडीमा रहेको खार्ग टापु इरानको सबैभन्दा महत्त्वपूर्ण तेल निर्यात केन्द्र हो। इरानले गर्ने कुल कच्चा तेल निर्यातको ठूलो हिस्सा यही टापुमा रहेका टर्मिनलहरूमार्फत हुने गर्छ। यस्तो संवेदनशील समयमा आएको एआई भिडिओले दुई देशबिचको तनावलाई थप बढावा दिएको छ।