क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताउनुभएको छ।
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याइसकेको बताउनुभयो ।

उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। “हामी युद्ध चाहँदैनौँ। तर आक्रमणका अगाडि हामी निष्क्रिय भएर बस्ने छैनौँ र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौँ,” उहाँले भन्नुभयो ।
पेजेस्कियानले क्षेत्रीय अस्थिरता र अशान्ति कुनै पनि देशको हितमा नरहेको धारणा व्यक्त गर्नुभयो । यस्तो परिस्थितिले क्षेत्रका सबै मुलुकलाई चुनौती दिने उल्लेख गर्दै उहाँले क्षेत्रीय देशहरूले आपसी सहकार्य र समन्वयमार्फत क्षेत्रीय सुरक्षा तथा विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

इरानी राष्ट्रपतिको यो भनाइ अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले आइतबार लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि उक्त कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ।

उक्त घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ। साथै, घटनाको उचित जवाफ दिइने र आक्रमणकारीलाई दण्डित गरिने चेतावनीसमेत दिएको छ।

होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी