न्युजिल्यान्डमा इन्धन कर वृद्धि स्थगित, सन् २०२८ देखि चरणबद्ध रूपमा लागू हुने

न्युजिल्यान्डमा इन्धन कर वृद्धि स्थगित, सन् २०२८ देखि चरणबद्ध रूपमा लागू हुने

  • सोमवार, भदौ १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

बढ्दो जीवनयापन खर्चका कारण नागरिकमाथि परेको आर्थिक दबाब कम गर्ने उद्देश्यले न्युजिल्यान्ड सरकारले सन् २०२७ का लागि प्रस्तावित इन्धन कर वृद्धि रद्द गरेको छ। वरिष्ठ सरकारी अधिकारीहरूले सोमबार उक्त निर्णयको जानकारी दिएका हुन्।

सरकारले यसअघि सन् २०२७ जनवरी १ देखि इन्धनमा प्रतिलिटर १२ सेन्ट कर वृद्धि गर्ने योजना बनाएको थियो। तर अब उक्त वृद्धि लागू नहुने भएको छ। यसको सट्टा सन् २०२८ जनवरी १ देखि प्रतिलिटर पाँच सेन्टका दरले इन्धन कर वृद्धि सुरु गरिनेछ। त्यसपछि थप तीनपटक प्रतिलिटर पाँच सेन्टका दरले प्रत्येक छ महिनाको अन्तरालमा कर बढाइनेछ।

यातायातमन्त्री क्रिस बिसपका अनुसार सडक प्रयोगकर्ताबाट लिइने शुल्कमा हुने समान प्रकृतिको वृद्धि पनि सन् २०२८ सम्मका लागि स्थगित गरिएको छ।

अर्थमन्त्री निकोला विलिसले आगामी वर्षको इन्धन कर वृद्धि रद्द गरी सन् २०२८ देखि क्रमशः लागू गर्ने निर्णयले नागरिकलाई कोभिड–१९ महामारीपछिको आर्थिक कठिनाइबाट सुधार हुन तथा मध्यपूर्वमा देखिएको पछिल्लो अनिश्चितताका कारण उत्पन्न चुनौती सामना गर्न थप समय उपलब्ध गराउने बताउनुभयो।

यातायातमन्त्री बिसपका अनुसार सन् २०२० यता यातायात आयोजनाको लागत ४५ प्रतिशतसम्म बढेको छ। तर सोही अवधिमा इन्धन कर भने स्थिर रहँदा वास्तविक मूल्यका आधारमा यसको भार करिब २० प्रतिशतले घटेको उहाँले बताउनुभयो।

इन्धन कर वृद्धि स्थगित भएपछि सरकारको राजस्वमा कमी आउनेछ। उक्त कमी पूर्ति गर्न सरकारले राष्ट्रिय भूमि यातायात कोषमा थप रकम उपलब्ध गराउने भएको छ। यसका लागि आगामी अनुमानित अवधिमा १ अर्ब ४७ करोड ६० लाख न्युजिल्यान्ड डलर खर्च हुने अपेक्षा गरिएको छ।

सरकारका अनुसार यसमध्ये केही रकम सन् २०२६ को बजेटमार्फत स्थापना गरिएको ४५ करोड न्युजिल्यान्ड डलरको इन्धनसम्बन्धी आकस्मिक कोषबाट व्यवस्थापन गरिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी