भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ ।

मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो । उहाँकी श्रीमती र छोरीसहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । श्रीमती र छोरीलाई जनही ३० महिनाको जेल सजाय सुनाइएको छ ।

अदालतले दोषी ठहर गरिएका सबैलाई गैरकानुनी रूपमा प्राप्त रकमको तीन गुणा बराबर रकम ९० दिनभित्र फिर्ता गर्न आदेश दिएको छ ।

मोरेनो भ्रष्टाचार मुद्दामा जेल सजाय पाउने इक्वेडरका तेस्रो पूर्वराष्ट्रपति बन्नुभएको छ । अभियोजकहरूका अनुसार सन् २००८ देखि २०१८ सम्म सञ्चालन भएको भ्रष्टाचार सञ्जालले चिनियाँ कम्पनी सिनोहाइड्रोले निर्माण गरेको परियोजनाको कूल मूल्यको चार प्रतिशत बराबर रकम घुसका रूपमा उठाएको थियो । उक्त रकम स्वदेश तथा विदेशमा भएका विभिन्न कारोबारमार्फत सरकारी अधिकारी र मोरेनोसहितका लाभग्राहीलाई वितरण गरिएको थियो ।

सिनोहाइड्रोले सन् २०१० मा करिब दुई अर्ब अमेरिकी डलरको कोका कोडो सिन्क्लेयर जलविद्युत् आयोजना निर्माण सुरु गरी २०१६ मा इक्वेडर सरकारलाई हस्तान्तरण गरेको थियो । संरचनागत कमजोरीका कारण उक्त आयोजना विवादमा परेको थियो ।

मोरेनो सन् २००७ मा कोरियाको नेतृत्वमा उपराष्ट्रपति बनेपछि राष्ट्रिय राजनीतिमा चर्चित हुनुभएको थियो । उहाँले २०१३ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभयो ।

सन् २०१७ मा मोरेनोले कोरियासँग सम्बन्धित ‘कोरेइस्टा’ आन्दोलनका उम्मेदवारका रूपमा राष्ट्रपतिको निर्वाचन जित्नुभएको थियो । उहाँका उपराष्ट्रपति जर्ज ग्लासले पछि पदबाट राजीनामा दिनुभएको थियो र हाल भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी