अल्जेरियामा डढेलो, १२ जनाको मृत्यु

अल्जेरियामा डढेलो, १२ जनाको मृत्यु

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

उत्तरपूर्वी अल्जेरियाका तीन प्रान्तमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आगो बस्ती तथा आवासीय क्षेत्रमा समेत फैलिन थालेपछि प्रभावित क्षेत्रका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

गृहमन्त्री सइद सायुदका अनुसार जिजेलमा पाँच, बेजैयामा चार र तिजी ओजुमा तीन जनाको मृत्यु भएको छ । उहाँले राजधानी अल्जियर्सबाट करिब २७० किलोमिटर पूर्वमा रहेको बेजैया प्रान्तको भ्रमणका क्रममा बुधबार साँझ उक्त जानकारी दिनुभएको हो ।

राष्ट्रपति अब्देलमाद्जिद तेबुनेको निर्देशनमा गृहमन्त्री सायुदले स्वास्थ्यमन्त्री मोहम्मद सेदिक एट मेसाउडेनसँगै बेजैयाको स्थलगत भ्रमण गरी आगो नियन्त्रणका लागि भइरहेका प्रयासको निरीक्षण गर्नुभएको थियो । उहाँहरूले आगलागीमा घाइते भएकाहरूको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।

नागरिक सुरक्षा अधिकारीहरूका अनुसार बुधबार स्थानीय समयअनुसार राति ८ बजेसम्म विभिन्न प्रान्तमा १५९ वटा वन तथा वनस्पति आगलागी अभिलेख भएका थिए । तीमध्ये ९० वटा नियन्त्रणमा आइसकेका थिए भने ६९ वटा अझै सक्रिय थिए । बेजैयामा १८, स्किक्डामा १३, तिजी ओजुमा १२ र जिजेलमा सातवटा आगलागी सक्रिय रहेको जनाइएको छ ।

आगलागी बस्तीमा प्रवेश गरेपछि सम्भावित जोखिमबाट जोगाउन केही परिवारलाई सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो । आगो नियन्त्रणका लागि अग्निनियन्त्रक तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको छ ।

उत्तर अफ्रिकी मुलुक अल्जेरियाले पछिल्ला महिनामा पटक–पटक डढेलो सामना गर्दै आएको छ । यस्ता घटनामा हालसम्म २० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै वन, कृषि क्षेत्र र घरमा ठूलो क्षति पुगेको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी