पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

मलेसियाका पूर्वप्रधानमन्त्री इस्माइल साबरी याकुबलाई सम्पत्ति घोषणा गर्न असफल भएको अभियोग लगाइएको छ । उहाँ पदबाट हटेपछि आपराधिक अभियोग सामना गर्ने मलेसियाका तेस्रो पूर्वप्रधानमन्त्री बन्नुभएको छ ।

छैसठ्ठी वर्षीय इस्माइलले भ्रष्टाचारविरोधी निकायको सूचनापछि आफ्नो सम्पत्तिको पूर्ण विवरण नबुझाएको आरोपमा बिहीबार अदालतमा आफू दोषी नरहेको बताउनुभयो । आरोपपत्रमा मलेसियाली तथा विदेशी मुद्रा, सुन र चाँदीसहित ठूलो परिमाणमा सम्पत्ति लुकाइएको उल्लेख छ । दोषी ठहरिएमा उहाँलाई पाँच वर्षसम्म कैद र एक लाख रिङ्गिटसम्म जरिवाना हुन सक्नेछ ।

इस्माइल सन् २०२१ अगस्टदेखि २०२२ नोभेम्बरसम्म करिब १५ महिना प्रधानमन्त्री बन्नुभएको थियो । पदबाट हटेपछि उहाँको कार्यकालमा सरकारी प्रचारप्रसारमा करोडौँ डलर खर्च भएको विषयमा भ्रष्टाचारविरोधी अधिकारीहरूले पटक–पटक सोधपुछ गरेका थिए । उहाँसँग सम्बन्धित सम्पत्तिबाट सुनका बार र करिब चार करोड डलर नगदसमेत जफत गरिएको बताइएको छ ।

इस्माइलका वकिल आमेर हम्जा अर्शदका अनुसार उहाँलाई जमानतमा रिहा गरिएको छ । आरोप ‘आधारहीन’ रहेको भन्दै उहाँले कानूनी प्रक्रियामार्फत त्यसको प्रतिवाद गर्ने बताउनुभयो । मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर २९ मा हुनेछ ।

इस्माइललाई यसअघि अगस्ट ७ मै अभियोग लगाउने तयारी गरिएको थियो । तर मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भई पेसमेकर जडान गरेपछि प्रक्रिया स्थगित गरिएको थियो ।

उहाँमाथिको अभियोग पूर्वप्रधानमन्त्री नजिब रजाक र मुहिद्दीन यासिनविरुद्धको कानूनी कारबाहीपछि आएको हो । नजिब १एमडीबी सरकारी लगानी कोषको अर्बौं डलर हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहरिएर छ वर्षको जेल सजाय भोगिरहनुभएको छ । उहाँलाई गत वर्ष अर्को ठूलो भ्रष्टाचार मुद्दामा थप १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

यसैगरी, मलेसियाका आठौँ प्रधानमन्त्री मुहिद्दीन यासिनमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा कानूनी प्रक्रिया अघि बढिरहेको छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी